आज:  | Sun, 25, May, 2025

भिजिट भिसा प्रकरणमा गृहले भन्यो( नेतृत्वको कुनै संलग्नता छैन

१२ जेष्ठ २०८२, आईतवार ०६:२० मा प्रकाशित ( ६ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ- ११ जेठ ।

गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा गृह्र नेतृत्वको कुनै पनि संलग्नता नरहेको बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग गृह्रको नेतृत्वलाई जोडेर पछिल्लो समयमा आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं’,

‘साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस