आज:  | Sun, 25, May, 2025

राजावादीको जेठ१५को आन्दोलन क्षेत्र काठमाडौं जसरीपनि एमालेको कब्जामा हुन पर्ने

१२ जेष्ठ २०८२, आईतवार १७:५६ मा प्रकाशित ( ४ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


एमालेको नियन्त्रणमा हुनुपर्छ, तयारीमा जुट्नु

काठमाडौँ ११ जेठ ।

प्रधानमन्त्री केपी शर्मा वलीले राजावादीले जेठ १५ गर्ने आन्दोलनको क्षेत्र काठमाडौं जसरीपनि एमालेको कब्जामा हुन पर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री तथा एमाले का अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुन पर्ने बताउँदै आफ्ना कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिनु भएको हो। पुर्व निर्धारित कार्यसुचि अनुसार राजावादी समुहले जेठ १५मा काठमाडौंमा निर्णायक आन्दोलनको घोषणा गरेकाले ओलीले पार्टीका कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिनु भएको छ।

आइतबार बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षको भेलालाई सम्बोधन गर्नु हुंदै उहाँले भन्नु भयो,“जेठ १५ मा जसरी पनि काठमाडौं एमालेको कब्जामा हुनु पर्दछ। आन्दोलनमा कुनै प्रोटोकल लागू हुँदैन,सबै एकजुट हुनुपर्छ ।” उहाँले प्रशिक्षण सकिए लगत्तै जेठ १५ को तयारीमा जुट्न कार्यकर्तालाई
आग्रह गर्नु भएको थियो ।

राजावादीहरूले गर्दै आएको आन्दोलनलाई ‘सानो स्वार्थ’ र ‘अनावश्यक फूर्ति’ को संज्ञा दिँदै सरकार र जनताको मौनताको फाइदा उठाएको आरोप समेत लगाउनु भयो । “उनीहरू कुनै महान उद्देश्यका लागि लडेका होइनन्। हामी तयार रहनुपर्छ,” पार्टीले थप निर्देशन दिने भन्दै ओलीले कार्यकर्तालाई जेठ १५ को लागि तयारी अवस्थामा रहन भन्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस