आज: २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026

आजको मौसम : यी भागमा आज वर्षाको सम्भावना

२०८२ जेष्ठ १२, सोमबार मा प्रकाशित ( १0 महिना अघि) १०३२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं- १२ जेठ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायतका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने बताइएको छ।

त्यस्तै आज कोशी, मधेश, बागमती प्रदेश लगायत देशका पहाडी भेगका एक दुइ स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै देशको उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस