
नारी बाटिका

धादिङ -१२ जेठ ।
पृथ्वी लोकमार्गको धादिङ गजुरी गाउँपालिका १ कालिका मंदिर स्थित पृथ्वी लोकमार्गमा गजुरी बाट फुर्केखोला तर्फ जाँदै गरेको बा २७ ख ७८७३ नं।.को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा १ बालिकासहित ३ जना घाईते भएका छन् ।
आईतबार बेलुकी भएको दुर्घछनामा परी घाईते हुनेमा गजुरी गाउँपालिका ६ की सुुहाना मगर,ऐ.ऐ.बस्ने बा २७ ख ७८७३ नं.को मोटरसाइकल चालक बर्ष २५ को चरन सिंह तामाङ र सोही मोटरसाइकलको पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २४ को राजु कुमार तामाङ रहेको ईलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ ।

दुर्घटनाका घाईतेमध्य राजु कुमार तामाङको बायाँ हातमा चोट अबस्था सामान्य रहेको बताइएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते उनीहरुलाई उपचारको लागि गजुरी अस्पतालमा लगएको,र त्यहाँ उनीहरको सामान्य उपचारपछी थप उपचारको लागी काठमाडांै तर्फ पठाइएको हो । उक्त घटना स्थलमा इलाका प्रहरी कार्यलय गजुरीबाट दिपक मैनालीको कमाण्डमा गएको सुरक्षाको टोलिले घाईतेको उद्धार गरिएको थियो ।
साथै सवारी साधन इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रनमा,रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस