आज:  | Wed, 11, Jun, 2025

ग्याँस चुलोको आगोमा जलेर  दाजु बहिनी कै मृत्यु

१३ जेष्ठ २०८२, सोमबार ११:१८ मा प्रकाशित ( २ हफ्ता अघि) २१७१ पटक पढिएको
नारी बाटिका


रूपन्देही- १२ जेठ ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका(५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा आगोमा जलेर एकै घरका दाजुबहिनीको मृत्यु भएको छ।

आइतबार साँझ घरमा ग्यास चुलोमा खाना पकाउने क्रममा ग्यासको ‘रेगुलेटर लिक’ भई लागेको आगोमा जलेर २५ वर्षीय दाजु शिवकुमार यादव र १८ वर्षीया बहिनी सोनमको मृत्यु भएको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनु भयो।

ग्याँस चुलोको आगोमा जलेर गम्भीर घाइते भएका दाजु बहिनी दुवैलाई उपचारका लागि आइतबार राती युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो । अस्पताल पुग्नासाथै चिकित्सकले बहिनी सोनमलाई त्यहीँ मृत घोषणा गरेका हुन्।

साथै दाजु शिवकुमारको भने थप उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा बाटोमै उनको पनि मृत्यु भएको हो ।अहिले मृत्यक दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस