आज:  | Wed, 28, May, 2025

मन्त्रीस्तरीय निर्णयानुसार खानेपानी संस्थानको अध्यक्षमा डा.भट्टराई नियुक्त

१३ जेष्ठ २०८२, सोमबार १८:२२ मा प्रकाशित ( २ दिन अघि) २०७८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं- १२ जेठ

नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त हुनु भएको छ ।

नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित)को दफा ८ को उपदफा ८.१.१ बमोजिम नेपाल खानेपानी संस्थानको संचालक समितिको अध्यक्ष पदमा डा. भट्टराईलाई नियुक्त गरिएको हो ।

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार तथा संस्थाको ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि डा.भट्टराईलाई नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस