आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

सडकमा हिँडिरहेका सात जनालाई बसले ठक्कर दिँदा तीनको मृत्यु चार घाइते

२०८२ जेष्ठ १३, मंगलबार मा प्रकाशित ( ११ महिना अघि) १०९७५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

मकवानपुर १३ जेठ ।

त्रिभुवन राजपथ अन्तर्गतको मकवानपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

थाहा नगरपालिका–३ स्थित सडक खण्डमा बस दुर्घटनामा अन्य चार जना यात्रु पनि घाइते भएका छन्। सोमबार बेलुकी बज्रवाराही गोपाली गाउँबाट ठाना बजार तर्फ आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण मनयशृलय नजिकैमने सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिन पुगेको थियो।

उक्त दुर्घटनामा परी अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतक दुई जनाको भने ठेगाना खुलिसकेको छैन।

दुर्घटनामा गम्भीर घाइते एकजनाको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको छ । साथै अन्य घाईतेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। बसचालक थाहा नगरपालिका–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भैइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस