
नारी बाटिका

धादिङ -१३ जेठ ।
धादिङको थाक्रे गाउँपालिका ७ सोप्याङ स्थित पृथ्विलोगमार्गमा सडक भासिँदा सडक दुबै तर्फी अवरुद्ध भएको छ ।
मंगलबार दिउँसो कसिव १ बजेतिर सोप्याङ खोलामा नयाँ पुल निमार्णको लागी माटो सफा गर्ने क्रममा पुलको अगाडी पट्टीको सडक अं.२ मिटर लम्बाइ र १।५ मिटर चौडाई मात्रै भासिएकोले विहान ११ बजेसम्म भने बाटो एकतर्फि सुचारु भएको थियो ।
तर त्यसपछी सो सथानमा लगभग सबै जसो भासिएर जोखिम भएकोले अहिले दुवै तर्फको यातायात अवरुद्ध भएको छ ।

उक्त खबर प्राप्त हुनासाथ घटना स्थानमा इलाका प्रहरी कार्यलय खानिखोला।बाट प्र।ना।नि तेज बहादुर खरेलको कमाण्डमा ५ जनाको टोली खटी गएको,उक्त स्थानमा बाटो खुलाउने प्रयास जारी छ ।
तर उक्त पुलको अगाडी पट्टीको माथीको भाग पुरै जसो भासिएकोले तत्कालै सडक खुल्ने सम्भावना नदेखिएको इलाका प्रहरी कार्यलय खानेखोलाका प्र(ना.नि तेज बहादुर खरेलले बताउनु भयो ।
प्र।ना।नि तेज बहादुर खरेलका अनुसार उक्त क्षेत्रमा सडक अवरुद्ध भएको कारण निकै लामो यातायातको जाम भएकोले अहिले वैकल्पिक बाटोबाट सवारीसाधन पठाउने प्रयास भइरहेको बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस