आज:  | Fri, 30, May, 2025

भोलिको आन्दोलनमा कुनै घटना भए सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ

१५ जेष्ठ २०८२, बुधबार १६:११ मा प्रकाशित ( १ दिन अघि) २२६४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -१४ जेठ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार (भोलि) आफूहरूले गर्ने आन्दोलनका क्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरु संग कुरा गर्दै साँसद शाहीले संविधान र कानून उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर प्रधानमन्त्री वलीले युद्धको अवस्था निम्त्याउन खोजेको आरोप समेत लगाएका छन्

। नेता शाहीले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । तर कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनु पर्छ ।

सचेतक तथा राप्रपा नेता शाहीले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिबाटीकामा हुने जानकारी गराएका छन् । उनले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस