आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

२०८२ जेष्ठ १६, शुक्रबार मा प्रकाशित ( ९ महिना अघि) ७८१३ पटक पढिएको
नारी बाटिका


चितवन -१६ जेठ ।

चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरका टोलिले सकुशल उद्धार गरेको छ ।उनीहरु नारायाणी नदीमा बाध बाँधी गिट्टी बालुवा निकाल्ने क्रममा बाध फुटेर नदिको बीच भागको टापुमा फसेका हुन् ।

नदीको बीच भागमा फसेर कामदारहरु अलपत्र परेको अवस्थामा तालिम प्राप्त गोताखोरका सुरक्षा टोलिले उनीहरुलाई सकुशल उद्धार गरिएको हो । कामदारहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमान्डमा खटिएका गोताखोरका सुरक्षाकर्मीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेका थिए ।

नारायणी नदीको बाध फुटेकाले सोही बाध मर्मतका लागी गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने अहिलेसम्म पनि सोही ठाउँमा डुबेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस