आज:  | Sat, 31, May, 2025

गणतन्त्र दिवसको अवसरमा धादिङवेशीमा प्रभातफेरी कार्यक्रम सम्पन्न

१७ जेष्ठ २०८२, शुक्रबार ०६:५० मा प्रकाशित ( १ दिन अघि) ९६२ पटक पढिएको
नारी बाटिका


धादिङ १६ जेठ

१८ औं गणतन्त्र दिवसको अवसरमा धादिङवेशीमा प्रभातफेरी तथा मूल समारोह कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको स्मरणमा बिहिबार धादिङवेशीमा विविध कार्यक्रमका साथ दिवस मनाइएको हो । जिल्ला समन्वय समिति र गणतन्त्र दिवस २०८२ जिल्ला मुल समिति समारोहको आयोजना साथै नीलकण्ठ नगरपालिकाको संयोजनमा प्रभातफेरी तथा मूल समारोह कार्यक्रम सम्पन्न भएको हो । 

धादिङबेसी पुछार बजारबाट सुरु भएको प्रभातफेरीले नगरको विभिन्न भागमा परिक्रमा गरी मूल समारोहमा परिणत भएको थियो । कार्यक्रमपछि सिटीहलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो ।

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गणतन्त्रले आफुहरुलाई अधिकार मात्र नभई जिम्मेवारी पनि दिएको र अबको अभियान विकास, सुशासन र समावेशितालाई व्यवहारमा उतार्नु रहेको बताउनु भयो । 

कार्यक्रमका अध्यक्ष एव्ं जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले गणतन्त्रको मर्म जनताको सशक्त सहभागिता र स्थानीय तहको सुदृढिकरणमा आधारित रहेको त्यसलाई बलियो बनाउँदै लैजान सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीले नेपालमा गणतन्त्र प्राप्तीले जनताको दशकौंको बलिदानीको परिणाम रहेको त्यसको रक्षा र विकासका लागि सबैलाई अझ जिम्मेवार बन्न आग्रह गर्नु भयो । 

कार्यक्रममा प्रहरी प्रमुख दिेपेन्द्र शाही,नेपाली सेना धादिङवेशीका प्रमुख तथा प्रतिनिधि,सशश्र प्रहरी प्रमुख तथा प्रतिनिधि, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व सांसद खेम लोहनी,सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, नेपाली काँग्रेसका जिल्ला सदस्य देवी कोइराला, नेकपा (एमाले० का जिल्ला सचिव, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष मनराज भण्डारी, नेकपा (एस) का जिल्ला सदस्य शिवनिधि खनाल, गैसस महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस