आज:  | Mon, 02, Jun, 2025

बहुविवाह मुद्धाका फरार धादिङका राना पक्राउ

१८ जेष्ठ २०८२, शनिबार १७:५५ मा प्रकाशित ( १ दिन अघि) ३२२५ पटक पढिएको
नारी बाटिका


धादिङ १७ जेठ ।

जिल्ला प्रहरी कार्यालय धादिङले बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

धादिङ जिल्ला अदालतबाट फैसला कार्यान्वयन अन्र्तगत कैद तथा जरिवाना सजाय तोकिएकोमा वारदात पच्छात् रहेका नर वहादुर रानालाई ईलाका प्रहरी कार्यलय सुनौलाबजारबाट खटिएको प्रहरीको टोलिले खोजतलास गर्ने क्रममा पक्राउ गरिएको हो ।

रानालाई सुक्रबार पक्राउ गरी आवश्यक कारवाहीको लागी धादिङ जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी सुवास हमालले नारी बाटिकालाई जानकारी दिनु भयो ।

बहुविवाह गरेको कसुरमा रानालाई १ वर्ष कैद सजाय र रु पाँच हजार जरिवाना तोकिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस