
नारी वाटिका संवाददाता
बाँके १८ जेठ ।
कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । बाँकेमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकका संस्थापक अध्यक्ष राय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट उनलाई पक्राउ गरेको हो ।
राय २०७६ देखि २०७९ सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो । रायले उक्त बैंकको २ अर्ब ५० करोड रुपैयाँ अपचलन गरेको आरोप लागेको छ ।
राय उक्त बैंकको रकम घोटला गरी फरार भएका अवस्थामा सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भनेए पनि उनलाई भारतबाटै पक्राउ गरेको स्रोतको भनाइ छ । सीआईबीका अनुसार उनलाई म्याद थपका लागि आज बाँके अदालत लगिँदै छ ।












प्रतिक्रिया दिनुहोस