
नारी वाटिका संवाददाता
मोरङ -१८ जेठ ।
मोरङ जिल्लाको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै गाउँका चार जना बालिकाहरु बेपत्ता भएका छन्।
यसरी बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली रहेका छन्।
यही जेठ १५ गते गणतन्त्र दिवसका दिन उनीहरु साथीलाई भेट्न जाने भन्दै घरबाट निस्किएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजी कार्य तिब्र रुपमा भइ रहेको जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस