आज:  | Tue, 03, Jun, 2025

भारतमा कोरोनाले २ दिनमा २१ को मृत्यु ३ हजारभन्दा बढी संक्रमित

१९ जेष्ठ २०८२, आईतवार १७:३९ मा प्रकाशित ( १ दिन अघि) १६१३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १८ जेठ ।

केही दिनदेखी तिब्रगतिमा गएको कोभिड १९ संक्रमणले छिमेकी देश भारतमा दुई दिनमा २१ जनाको मृत्यु, भएको छ ।

पछिल्लो समयमा पुनः तीव्र रूपमा बढेको कोभिड १९ संक्रमणले मानिसको मृत्यु भएको हो । हाल भारतमा कोभिड संक्रमितको संख्या ३ हजार ७८३ पुगिसकेको छ। सबैभन्दा सक्रमितको संख्या केरल भन्ने स्थानमा १ हजार १४७ पुगेको छ। त्यसैगरी महाराष्ट्रमा ८४ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ ६८१ विरामी छन्। दुई राज्यमा देशभरका संक्रमित मध्ये ६० प्रतिशत संक्रमित रहेको जनाइएको छ ।

साथै पछिल्लो ४८ घण्टामा मात्र एक हजार भन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।जस अनुसार ९ दिनको बिचमा भारतमा कोभिड संक्रमित तीव्र गतिमा बढेका छन्।यस वर्षमा मात्रै भारतमा कोरोना भाइरसबाट करिव २८ जनाको मृत्यु भएको बताइएको छ।

पछिल्लो अपडेट अनुसार भारतीय स्वास्थ्य मन्त्रालयले ३ हजार ७८३ पुगेको छ। तीमध्ये २१ जनाको २ दिनमा मृत्यु भएको जनाइएको छ। यसबाहेक महाराष्ट्र, केरल, राजस्थान, उत्तर प्रदेश र मध्य प्रदेशमा कुल १३ जना विरामीको मृत्यु भएको छ। स्वास्थ्य विभागले मे ३१ मा दिल्ली, गुजरात,पञ्जाब र तमिलनाडुमा एक,एक जनाको मृत्युको पुष्टि गरेको छ।

कोभिड बड्दै गएकाले कर्नाटक सरकारले राज्यमा बढ्दो कोरोनाका घटनालाई ध्यानमा राख्दै नयाँ परिपत्र जारी गरेको छ। यसमा अभिभावकलाई आफ्ना सन्तानलाई रुघाखोकी , ज्वरो वा कोभिड जस्ता लक्षण देखिएमा विद्यालय नपठाउन समेत अपील गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस