आज:  | Tue, 03, Jun, 2025

राजा वीरेन्द्रको हत्यापछी वंश सर्वनास भएको दिन आज

२० जेष्ठ २०८२, सोमबार ०६:४९ मा प्रकाशित ( १ दिन अघि) १९८५ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता

काठमाडौँ १९ जेठ ।

विश्व इतिहास मै एक दर्दनाक घटना, राजा वीरेन्द्रको वंश सर्वनास भएको दिन हो जेठ १९ गते । जहाँ सबैको मन मष्तिस्कमा बस्न सफल राजा वीरेन्द्रका बंश नै सर्वनास पारेको एक कालो रात हो जेठ १९ गते । दरबार हत्याकाण्ड भएको पनि २४ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारभित्र भएको त्यो निन्दनीय र जघन्य अपराधको घटना ।

यस घटनाले यो मुलुकमा एउटा राजवंशको मात्रै अन्त्य गरेन, नेपाली समाजलाई अपराधिक र पापीहरु बस्ने देशको रुपमा पनि परिचित गराएको छ । साथै यस घटनाले देश र नागरिकलाई गहिरो आघात दियो। त्यस रात, राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजनसहित १० जना भन्दा बढी सदस्यहरूको हत्या भएको थियो। तर पनि त्यस घटनाको आजसम्म हत्याकाण्डको वास्तविकता रहस्यकै रुपमा गुमगाम छ।

पूर्व सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रलाई हत्यारा घोषित गरेको थियो। समितिको प्रतिवेदन अनुसार, नशामा मस्त भएका दीपेन्द्रले परिवारका सदस्यमाथि गोली प्रहार गरेका थिए, र अन्ततः आफैंलाई पनि गोली हानी आत्महत्या गरेका भन्ने प्रतिवेदन आउँदा सवै नागरिक चकित छन् ।

तर, घटनाको २४ वर्षपछि पनि यो निष्कर्षमा नेपालीले स्वीकार्न सकेका छैनन् । कसैले भन्छन्, यो एउटा योजनाबद्ध षड्यन्त्र थियो जसमा शाही परिवारका बाहिरी शक्ति र भित्री दरबारका केही व्यक्तिहरूको हात थियो। कतिपयले बाह्य शक्तिहरूको षड्यन्त्र र नेपालमा गणतन्त्र स्थापनाका लागि भएको योजनाबद्ध काण्डको हिस्सा भएको दाबी समेत गरकाछन्। त्यसबेला अमेरिकी र भारतीय खुफिया एजेन्सीको भूमिकाबारे पनि अनेक अड्कलबाजीहरू भएका थिए।

त्यस रातको घटनापछि सिंगै देश शोकमा डुबेको थियो। सडकहरू सुनसान थिए, मानिसहरू आश्चर्यचकित र अवाक् बनेका थिए। राजा बिरेन्द्रमाथि नेपाली जनताले राखेको विश्वास र सम्मानले गर्दा राजधानी लगायत नेपाली नागरिकहरु आँसुमा डुबेका थिए ।

दरबार हत्याकाण्ड पछि बनेको शाही व्यवस्थाले समेत नेपाली जनताको भावनामा ठुलो ठेस पुर्‍यायो। तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाले नागरिकमा असन्तुष्टि चुलिँदै गयो, र अन्ततः २०६२।०६३ को जनआन्दोलनपछि नेपाल गणतन्त्र आएको थियो।

यद्यपि आजसम्म पनि देशमा धेरै प्रश्नहरू अनुत्तरित छन् । के दीपेन्द्र साँच्चै हत्यारा हुन् त ? यदि त्थय होईन भने वास्तविक अपराधि को थियो त ? किन यति ठूलो घटनाको अन्तर्राष्ट्रिय अनुसन्धान भएन ? किन साक्ष्यहरू सार्वजनिक गरिएनन् ?

यो घटना एउटा ठूलो रहस्य हो जसले पुस्तौं पुस्तालाई प्रश्नहरूको भारी दिएको छ। दरबार हत्याकाण्डको सत्य–तथ्य प्रस्ट नभएसम्म नेपाली समाजको चर्किएको घाउ निको हुने छैन। नेपाली जनताले चाहेको छ, कुनै पनि रहस्यलाई ढाकछोप नगरी सत्य तत्थ्य बाहिर ल्याइयोस्, ताकि यस्तो घटनाले फेरि नेपाली राजनितिमा खेल्न नसकुन् ।

२४ वर्ष बितिसक्दा पनि दरबार हत्याकाण्डको सत्यले अझै आफ्नो अनुहार देखाउन नसक्नु नेपालकै दुर्भाग्य हो। लाखौं नेपालीको मनमा यसै पश्नले डेरा जमाइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस