आज:  | Tue, 03, Jun, 2025

 स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम 

२० जेष्ठ २०८२, सोमबार ०७:२२ मा प्रकाशित ( १ दिन अघि) ६८३ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता

धादिङ १९ जेठ ।

निलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा धादिङमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर हुन सक्ने जोखिमको न्युनिकरण गर्न सचेतना फैलाउने र प्रारम्भिक चरणमै रोग पत्ता लगाउने उद्देश्यले परिवर्तनका लागि महिला नेपालको आयोजनामा कार्यक्रम भएको हो ।कार्यक्रममा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जानकारीमूलक कक्षा सञ्चालन गरिएको थियो भने स्वास्थ्यकर्मी तथा विशेषज्ञहरूले सहभागिहरूलाई रोगका लक्षण, कारण, रोकथामका उपाय र परीक्षण प्रक्रियाबारे जानकारी दिएका थिए ।

कार्यक्रमपछी तालिमका सहभागी महिलाहरूको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । प्रारम्भिक चरणमै यस्ता क्यान्सर पहिचान गर्न सकिने परीक्षणहरू गराइएको थियो । परीक्षणपछि आवश्यक परामर्श र स्वास्थ्य सल्लाह पनि प्रदान गरिएको छ ।

आयोजक संस्था परिवर्तनका लागि महिला नेपालकी अध्यक्ष सरला धमलाले महिलाहरूको स्वास्थ्य सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको उल्लेख गरेकी छन् ।

नीलकण्ठ नगरपालिकाका मेयर भिम प्र ढुंगानाको प्रमुख आतिथ्यमा जेठ १६ मा उदुघाटन भई जेठ १८ तिन दिनसम्म तालिम संन्चालन गरी तालिममा सहभागीहरुलाइ स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण पनि गरिएको हो ।

तिन दिनसम्म संन्चालित कार्यक्रमको समापनका प्रमुख अतितिका रुपमा सहभागी हुनु भएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरोशम सुवेदीले नगरपालिकाले भविष्यमा पनि यस्ता जनहितकारी स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भयो जनचेतनामूलक कार्यक्रमहरूबाट महिलाहरू स्वास्थ्यप्रति सचेत हुने,

जाँच गराउने र समयमै उपचारतर्फ अघि बढ्ने आधार तयार हुने भएकाले नीलकण्ठ नगरपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै जाने बताउनु भयो ।

त्यसैगरी नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजालले समाजमा अझै पनि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर जस्ता संवेदनशील विषयहरूबारे खुला छलफल नहुने तर यस्ता रोगहरूको प्रारम्भिक अवस्था नै पत्ता लगाउन सके धेरै महिलाको जीवन बचाउन सकिने बताउनुहुदै उक्त कार्यक्रमले महिलामा चेतना बढाउने र जाँच गराउने संस्कृतिको विकास गर्न महत्त्वपूर्ण योगदान दिएको बताउनु भयो ।

कार्यक्रममा सहभागी ७६ जना महिलाहरूको निशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । प्रारम्भिक चरणमै यस्ता क्यान्सर पहिचान गर्न सकिने परीक्षणहरू गराइएको थियो । परीक्षणपछि आवश्यक परामर्श र स्वास्थ्य सल्लाह पनि प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै आयोजक संस्था परिवर्तनका लागि महिला नेपालकी अध्यक्ष सरला धमलाले महिलाहरूको स्वास्थ्य सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको बताएकी छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस