आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

धादिड॰ गजुरीबाट लागु औषध मुद्धाका फरार एकजना पक्राउ

२०८२ जेष्ठ १९, सोमबार मा प्रकाशित ( ९ महिना अघि) ५८६० पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता

धादिङ १९ जेठ

जिल्ला अदालत धादिङबाट फैसला कार्यान्वयन अन्र्तगत कैद तथा जरिवाना सजाय तोकिएकोमा वारदात पच्छात् फरार रहेका एक प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गजुरीका केनाम सिंह तामाङ रहेका छन् ।

तामाङको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यलय गजुरीबाट खटिएको टोलीले यही जेठ १३ मा पक्राउ गरी धादिङ जिल्ला अदालतमा दाखिला गराइएको थियो ।

उनलाई धादिङ जिल्ला अदालतबाट आज चार वर्ष १ महिना कैद सजाय र ८० हजार रुपयाँ जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रवत्ता तथा सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस