आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

आजदेखि प्रतिनिधिसभामा बजेट छलफलको विषय सुरु हुँदै

२०८२ जेष्ठ २०, मंगलबार मा प्रकाशित ( ८ महिना अघि) ९७०४ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२० जेठ ।

गतिरोधकाबीच पनि आजदेखी संसद्‍मा बजेट छलफलको कार्यसूची छ ।

प्रतिनिधिसभामा आजदेखि आगामी वर्षको लागी सरकारले सार्वजनिक गरेको बजेटमाथिको छलफल सुरु हुने कार्यसुची रहेको छ। मंगलबार बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन्।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार संघीय निजामती सेवा विधेयकसम्बन्धी पनि आजको बैठकमा संसदीय समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको जनाएको छ।

आज (मंगलबार) दिउँसो सवा १ बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा बजेटमाथिको छलफल गर्ने कार्य तालिका भने नराखिएको सचिवालयले जनाएको छ ।

यता प्रतिपक्षी दलहरु भने संसद अवरुद्ध पार्ने रणनीतिमा छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस