
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं २० जेठ ।
विगत दुइ दिनदेखी यातायात व्यवशायीहरुले गरेका नेपाल वन्दका कारण यतिबेला तमाम नागरिक मर्कामा परेका छन् भने यसै वन्दको मौका छोपेर पठाओहरुले दोब्बर पैसा लिएर यात्रीहरुलाई ठगिरहेका छन् । सार्वजनिक सवारी साधन नचलेपछी उपत्यका लगायत देशका अधिकाँश भागमा नागरिकहरु अप्ठ्यारोमा परेका अवस्था छ ।
यही समस्या र यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले जेठ २० गते मंगलबार पनि २ वटा बस संचालनमा ल्याएको हो। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्ने व्यवस्था मिलाएको छ ।
सर्व साधारणको समस्यालाई बुझेर सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्य सम्म पुर्याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो।
साथै सर्वसाधारण नागरिकलाई यस्तो असहज तथा अप्ठ्यारो परेको समयमा शस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेर यात्रुहरुलाई ठुलो राहत मिलेको स्थानीयहरुले खुशी व्यक्त गरेका छनु ।








प्रतिक्रिया दिनुहोस