आज:  | Thu, 05, Jun, 2025

कामपामा किचलो,प्रहरी प्रमुख पाण्डे ६ महिना निलम्बन,विष्णु जोशी प्रमुखमा

२१ जेष्ठ २०८२, मंगलवार १८:०१ मा प्रकाशित ( १ दिन अघि) १३६५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० जेठ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाको लागि निलम्बित भएका छन् । कामपा प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईले प्रहरी प्रमुख पाण्डेलाई ६ महिनाको लागि निलम्बन गरेका हुन् ।

पाण्डेलाई निलम्बन गरेसंगै प्रशासन विभाग प्रमुख ध्रुव काफ्लेको संयोजकत्वमा जाँचबुझ समिति गठन भएको छ । यसअघि प्रहरी प्रमुख पाण्डेलाई प्रपअ गुँरागाईले बैशाख ५ गते ७ दिने स्पष्टीकरण सोधेका थिए । पाण्डेले ७ दिनमै लिखित जवाफ पेस गरेका थिए। पाण्डेले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै ६ महिने निलम्बन गरिएको हो । उनलाई मंगलबार निलम्बन गरिएको पत्र दिएको छ ।

निलम्बन पत्रमा २०८१ साल चैत्र २१ गतेका दिन काठमाडौं महानगरपालिका कार्यालय परिसरमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा घटाइएको अवाञ्छित एवं गैह्रकानूनी घटनामा कामपा प्रहरी प्रमुख पाण्डेको प्रत्यक्ष सम्लग्नता रहेको उल्लेख छ । पाण्डेको निलम्बन भएसंगै नगर प्रहरी उपरीक्षक विष्णुराज जोशीलाई आज मंगलबारबाटै लागु हुनेगरी महाननगरीय प्रहरी बल प्रमुखको जिम्मेवारी दिइएको हो ।

प्रहरी प्रमुख पाण्डे कै अगुवाईमा उक्त घटना भएको भन्दै पाण्डेले दिएको स्पष्टीकरण तथ्यपरक एवं प्रमाणयुक्त नभई शाब्दिक खण्डन गर्ने देखिएको आरोप लगाईएको छ । यस्तै पाण्डेले पेश गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएको कारण थप प्रमाण र सत्यतथ्य पत्ता लगाउन समिति गठन गरेको उल्लेख हो ।

यस पछिका कारबाही के हुने भन्ने निक्र्यौल भने जाँचबुझबाट आउने प्रतिवेदनले निर्धारण हुने बताईएको छ । केही समयदेखी महानगरवासीको प्रिय नेता बनेका नगर प्रमुख बालेन शाहले कयौं काम जन हितमा गरेर लोक प्रिय भएका छन् । तरपनि मेयर बालेन कुनै पार्टीका पनि सदस्य नभई स्वतन्त्र जनप्रतिनिधि भएकै कारण महानगरमा एकपछी अर्को आरोप प्रतिआरोप लगाउँदै किचलो खडा गर्ने काम हंदै आएको छ । यसकै फल स्वरुप प्रहरी ऐन, २०८० को दफा ३९ को उपदफा (४) बमोजिम जाँचबुझ समिति गठन भएको उल्लेख छ ।

पछिल्लो दिनमा कामपामा कुनै न कुनै आरोपबाट महानगर कर्मचारी र जनप्रनिधिकाबिचमा किचलो ल्याउने मेयर बालेनले गरेका सयौं राम्रा कामलाई विफल बनाउने खालको रणनिति भइरहेको बुझिन्छ । साथै सोही ऐनको दफा ३९ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी तपाँईलाई आजकै मितिदेखि लागु हुने गरी जाँचबुझ समितिले आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश नगरेसम्म बढीमा ६ महिनाका लागि निलम्बन गरेको उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस