आज:  | Thu, 05, Jun, 2025

वैदेशिक रोजगारीको अवसर, चुनौतीबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम

२१ जेष्ठ २०८२, मंगलवार २०:०१ मा प्रकाशित ( १ दिन अघि) २०१६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ २० जेठ

धादिङको नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारीको अवसर, चुनौती र सेवा प्रवाहबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार नगरपालिकामा आयोजित सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रमहरूबारे पत्रकारहरूसँग वैदेदिशिक रोजगारीमा जानेहहरुको समस्या,चुनौती र राम्रा पक्षहरुको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा उप–प्रमुख दिपक विश्वकर्मा अध्यक्षता रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,
धादिङमा क्रियाशिल विभिन्न मिडियाहरुका प्रमुखहरु,नगरपालिकाका स्वास्थ्य शाखा,महिला बालबालिका तथा जेष्ठनागरिक शाखाका प्रतिनिधि लगायत जिल्लास्थित विभिन्न सञ्चारमाध्यमका सम्पादक, रिपोर्टर तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष नगर उप प्रमुख विश्वकर्माले वैदेशिक रोजगारीको बढ्दो प्रवृत्तिले नगर क्षेत्रका युवाहरूलाई प्रत्यक्ष रूपमा असर गरेको उल्लेख गर्नुहुदै नगरपालिकाले यस क्षेत्रका समस्याहरू सम्बोधन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनु भयो ।

त्यसैगरी उप प्रमुख विश्वकर्माले वैदेशिक रोजगारी आवश्यक भए पनि यससँग सम्बन्धित जोखिम, शोषण र ठगीका घटनाहरू न्यून पार्न सशक्त र योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिकाले सञ्चालन गर्दै आएको सुरक्षित आप्रवासन सामी कार्यक्रमका विविध पक्षहरूबारे प्राविधिक जानकारी प्रस्तुत गर्नु भयो । उहाँले यस कार्यक्रम अन्तर्गत आप्रवासनको तयारी गर्न लागेकाहरूलाई आवश्यक परामर्श सेवा, वैदेशिक रोजगारमा जाने प्रक्रिया,डकुमेन्टटेसनको प्रमाणीकरण, श्रम सम्झौतामा लगायतमा, साथै कानुनी सहायता समेत प्रदान गरिँदै आएको बताउनु भयो ।

यसैगरी कार्यक्रमका जिल्ला संयोजक दिनेश दुवाडीले देशिक रोजगारीको अवसर चुनौतीका कार्यक्रमले नगरपालिकाभित्रका वेदेशिक रोजगारीमा गएकाहरुको समस्या परेकाहरुलाई कानुनी तथा आर्थिक रुपमा समेत सहयोग गरिरहेको बताउनु भयो । साथै यस सामी परियोजना संन्चालन पछी नगरपालिकाभित्रका वैदेशिक रोजगारीमा गएका र जान लागेकाहरुलाई चेतना तथा सिपका बारेमा समेत जानकारी गराउने भएकाले उनीहरुको समस्यामा केही सहयोग पुगेको बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस