आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

लक्षित वर्गको४०प्रतिशत प्रतिनिधित्व गर्न निर्वाचन आयोगको२०बुँदे निर्देशन जारी

२०८२ मंसिर २०, शनिबार मा प्रकाशित ( ३ महिना अघि) ३२५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ-२० मंसिर ।

निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र पुस ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दलहरूलाई २० बुँदे निर्देशन जारी गरेको छ। राजनीतिक दलसम्बन्धी ऐन,२०७३ अनुसार गरिएको निर्देशनमा महिला तथा समावेशी प्रतिनिधित्व अनिवार्य गर्न यस्तो निर्देशन जारी गरेको हो ।
आयोगले अब हुने प्रत्यक्षतर्फको निर्वाचनमा कम्तिमा पनि एक तिहाई महिलाको उम्मेदवारी सुनिश्चित गर्न तथा ४० प्रतिशत महिला प्रतिनिधित्व गराई दीर्घकालीन लक्ष्यलाई प्रभावकारी कार्यान्वयन गर्न भनिएको छ।

दलहरूले निर्वाचनको प्रचार प्रसार गर्दा जातीय, धार्मिक, भाषिक वा क्षेत्रीय विभेद भड्काउने गतिविधि नगर्न,धम्की, लाञ्छना, गालीगलौज वा चरित्रहत्या जस्ता क्रियाकलाप गर्न नमिल्ने गरी कडाइ गरिएको छ। त्यस्तै कुनैपनि सामाजिक सञ्जालमा गलत,भ्रामक वा द्वेषपूर्ण सामग्री प्रयोग नगर्न निर्देशनमा उल्लेख गरिएको छ।

निर्वाचन आयोगले दिगो, लैंगिक तथा समावेशीता अभिमुख प्रशिक्षण,गोष्ठी र गतिविधिमा लक्षित समूहको सहभागिता सुनिश्चित गर्नुपर्ने, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैंगिक अल्पसङ्ख्यकको सम्मान पहुँच रहने गरी मात्र प्रचार गर्नु पर्ने आयोगले स्पष्ट पारेको छ।

यसका साथै समानुपातिक बन्दसूची सार्वजनिक गर्ने, दलका पदाधिकारी र कार्यकर्ताले आचारसंहिता पालना गर्ने तथा नियमको उल्लंघन गरेमा आन्तरिक कारबाही गर्ने प्रावधानलाई कडाइका साथ लागू गर्न आयोगले अनुरोध गरेको छ।

साथै बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न र अन्य दलको गतिविधिमा अवरोध सिर्जना नगर्न पनि दलहरूलाई चेतावनीका साथ सुझाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस