आज:  | Fri, 06, Jun, 2025

दुई विधेयक पारित गर्दै प्रदेशसभाको बैठक सम्पन्न

२२ जेष्ठ २०८२, बुधबार ०६:२३ मा प्रकाशित ( २ दिन अघि) १५२० पटक पढिएको
नारी बाटिका


मकवानपुर -२१ वैशाख ।

बागमती प्रदेशसभाको मंगलबार बसेको बैठकले दुई वटा विधेयक सर्वसम्मति रुपबाट पारित गरिएको छ।

उक्त बैठकबाट पारित गरेको विधेयकमा क्रमशः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८२ र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पारित भएका छन्।

प्रदेशसभाका प्रमुख भुवनकुमार पाठकले पेश गरिएको विधेयकलाई बैठकमा निर्णयार्थको लागि प्रस्तुत गरिएको थियो। बैठकमा स्वास्थ्यमन्त्री किरण थापा मगरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरियोस् भने प्रस्ताव पेस गरेका हुन्।

यस्तै प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भने प्रस्ताव प्रदेश कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रस्तुत गरेका थिए। साथै प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ माथि विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गरेका थिए।

यसका साथै प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाइयोस् भने प्रस्ताव पेश गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस