आज:  | Fri, 06, Jun, 2025

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट बन्न सफल

२३ जेष्ठ २०८२, बिहीबार ०६:२३ मा प्रकाशित ( १ दिन अघि) १०५५ पटक पढिएको
नारी बाटिका


स्याङ्जा – २२ जेठ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरी कै पहिलो हुन सफल भएको छ ।

चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र)सम्मको सम्पादित कार्यको आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिलो स्थान प्राप्त गर्न सफल भएको हो ।

प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा गृह मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध (सेवा प्रवाह र सुशासन), लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण एवं विकास सहजीकरण लगायतका विषयलाई आधारको कार्य सम्पादन तथा जिल्ला प्रशासनका विभिन्न सूचकहरुमा मूल्याङ्कन बाट पहिलो स्थान हमम्शिल गरेको हो ।

यसअघिका कार्य मुल्याङ्कनमा स्याङ्जा २७ औं र दोस्रो स्थानमा परेको थियो । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्य सम्पादनको तालिका अनुसार कूल १८ दशमलव ५ पूर्णाङ्क मध्ये स्याङ्जाले १८ दशमलव १२५ अंक प्राप्त गरेको हो । आर्थिक बर्ष २०८१(०८२ का लागि गृह सचिव र प्रमुख जिल्ला अधिकारीबिच भएको कार्यसम्पादन सम्झौता अनुसार स्याङ्जाले तेस्रो त्रैमासिकमा पहिलो छ ।

निवर्तमान प्रजिअ नेपाल स्याङ्जा रहँदा प्रशासनिक कार्यमा गरेको कार्यसम्पादनको नागरिकस्तरबाट पनि प्रशंसा गरिएको थियो । नदीजन्य पदार्थ उत्खनन् र विपत व्यवस्थापनमा नेपालले खेलेको भूमिका निकै राम्रो थियो भने महिला बालवालिकाका क्षेत्रमा पर्ने असरहरुका बारेमा नेपालले पालिकास्तरमा पुगेर प्रशिक्षण समेत गर्नु भएको थियो ।

जसले गर्दा बच्चाको जन्मदर्ता, नागरिकता पाउन कठिन भएका समस्याहरु हल गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले बताउु भयो ।

नेपालको सरुवापछि प्रमुख जिल्ला अधिकारीको रुपमा हाल ईश्वरीप्रसाद अर्याल कार्यरत हुनुहुन्छ । अर्यालको पनि छोटो समयमा राम्रै प्रशंसा भएको पाइन्छ । प्रशासनबाट हुने कार्यसम्पादनमा नागरिकमैत्री हुनाले प्रमुख जिल्ला अधिकारीको प्रशंसा हुने गर्दछ । कुनैपनि नागरिक प्रशासनबाट काम सकेर फर्कदा हाँसेर फर्कनुपर्छ भन्ने मान्यता राखेर काम गर्न प्रजिअ अर्यालले कर्मचारीलाई निर्देशन समेत दिएको स्थानीयहरु बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस