आज: २०८३ जेष्ठ २५, सोमबार | Mon, 08, Jun, 2026

दुई किशोरबिचको झगडामा कुटपिटबाट घाइते भएका एकको मृत्यु

२०८२ जेष्ठ २२, बिहिबार मा प्रकाशित ( १ साल अघि) ८०९२ पटक पढिएको
नारी बाटिका


तुलसीपुर २२ जेठ ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीचमा झगडा भई भएको कुटपिटमा घाइते भएका एक किशोरको मत्यु भएको छ ।

गम्भीर घाइते भएका किशोरको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटबाट गिरीको टाउकोमा गम्भीर चोट लागेको थियो।

बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडामा कुटपिट गर्दा गिरिको मृत्यु भएको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनु भयो । कुटपिट गनेै अर्का किशोर वलीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस