आज:  | Fri, 06, Jun, 2025

नेकपा एसका अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा,सांसद पदपनि निलम्वनमा

२३ जेष्ठ २०८२, बिहीबार १७:४७ मा प्रकाशित ( १ दिन अघि) २१०९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २२ जेठ ।

पूर्वप्रधानमन्त्री एव्ं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्धमा भ्रष्टाचारको मुद्दा लागेको छ । अध्यक्ष नेपालमाथी भ्रष्टाचारको मुद्दा लागेसंगै आज संसद सचिवालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पत्रसहित जानकारी लिएर पुगेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र प्राप्तपछी सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले पढेर जानकारी दिएका हुन् ।

अध्यक्ष नेपालविरुद्ध आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो माग दाबीसहित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको हो ।

यससंगै सभामुख घिमिरेले पूर्वप्रधानमन्त्री नेपालको सांसद पद समेत निलम्बनमा परेको जानकारी अबको बैठकमा गराउने तयारी गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस