
नारी बाटिका
काठमाडौं २३ जेठ ।
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज कोशी प्रदेशको अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहने छ।
त्यस्तै सुक्रबार दिउँसो कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आज कोशी प्रदेशका केही भागमा तथा बाँकी प्रदेशका पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै देशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस