आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

माइक्रोबसमा घुम्न आएका यात्रुहरु तार्केश्वरमा दुर्घटनामा परी ८ घाइते

२०८२ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ( ३ महिना अघि) ४५२७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -२३ जेठ ।

काठमाडौंको तारकेश्‍वर नगरपालिका(३ स्थित तिनपिप्लेमा माइक्रोबस दुर्घटना भएको छ । आज भुवनेश्वरी मन्दिर नजिकै सडक खण्डमा भएको दुर्घटनामा परी ८ जना यात्रु घाइते भएका छन् ।

घाईतेहरु काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस उक्कालोमा ब्रेक फेल भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी वृत्त बालाजुले जनाएको छ।

सोही दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मेगा ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस