आज:  | Sun, 08, Jun, 2025

गृहमन्त्रीको राजीनामा मागको अडानबाट पछी हटे विपक्षी दलहरु

२६ जेष्ठ २०८२, आईतवार १९:२० मा प्रकाशित ( ७ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २५ जेठ ।

केही समयदेखी भिजिट भिासा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनै पर्ने अडान राख्दै आएका विपक्षी दलहरु आज सत्तापक्षसंग सहमतिको नजिक पुगेका छन् ।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा दिनै पर्ने र उच्चस्तरीय छानबिन समितिसमेत बनाउनु पर्ने भन्दै लगातार विपक्षी दलहरूले संसद् अवरोध पार्दै आएका छन् ।

विपक्षी दल र सत्तापक्षबिचमा आइतबार भएको दिनभरको छलफलबाट केही हदसम्म सहमति नजिक पुगिएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै आफ्नो पार्टी सुरुदेखि नै गृहमन्त्रीको राजीनामा माग्ने पक्षमा नरहेको उल्लेख गर्दै अहिले अरु विपक्षी पनि त्यहि बिन्दुमा आएको बताए । यद्यपि छानबिन समिति भने बनाउने विषयमा सत्तापक्ष पनि लचक भएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस