आज:  | Mon, 09, Jun, 2025

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२७ जेष्ठ २०८२, सोमबार ०६:५७ मा प्रकाशित ( ७ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

दाङ २६ जेठ ।

तुलसीपुर उपमहानगरपालिका(१३ बखरियास्थित सडकमा भएको बस दुर्घटनामा मृत्यु भएको छ ।

आइतबार बिहान ना.४ ख ४००९ नम्बरको बस र रा.१ क ८७० नम्बरको बस एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा उक्त बसमा सवार दंगीशरण गाउँपालिका(२ बस्ने ६५ वर्षीय नारायण भण्डारी र ३७ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.४ ख ४००९ नम्बरको बसमा सवार अन्य ११ जना मध्ये ७ जनाको मेडिकल कलेज कोहलपुर, र ३ जनाको सिटि अस्पताल तुलसीपुर र १ जनाको नागरिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी बारा, बारागढी गाउँपालिका(२ विसनपुर्वास्थित सडकमा विसनपुर्वाबाट दैर्वातर्फ जाँदै गरेको प्र।१(०५(००२ प १६२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका(२ विसनपुर्वा बस्ने ५५ वर्षीया गीता देवी चौधरीको आइतबार मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक फरार छन् । प्रहरीले फरार चालकको खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस