
नारी बाटिका
काठमाडौं- २६ जेठ ।
आइतबार ३७ नेपाली घर फिर्ता भएसंगै अमेरिकाबाट डिपोर्ट भइ नेपाल फर्काइएका नेपालीको संख्या १७७ जान पुगेको छ ।
आइतबार अमेरिकाबाट डिपोर्ट भइ नेपाल फर्काइएका ३७ नेपालीलाई सामान्य सोधपुछपछि फर्काइएको छ। उनीहरु अवैधानिक रुपमा अमेरिकामा बसोबासमा रहेकामध्य ५ जना महिला र ३२ पुरुषलाई अमेरिकाले ओम्नी एयरको चार्टर्ड उडान मार्फत् आईतबार नेपाल फर्काएको हो।
साथै सोही विमानमा भारत र बंगलादेशका नागरिकहरु पनि आएका थिए। नेपालस्थित प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले डिपोर्टमा परेका उनीहरुलाई सामान्य सोधपुछपछि गन्तब्य तर्फ पठाएको थियो।
सिआईवि ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार उनीहरु अमेरिका पुुग्नुको मुख्य कारण र संगठित मानव तस्करीको भूमिकाबारे चासो राखेका छन्। यस सम्वन्धमा कुनै जाहेरी प्राप्त भए अमेरिका पु¥याउने गिरोहबाट अनुसन्धान हुने कुँवरको भनाई छ ।
त्यसैगरी यसअघि पनि अमेरिकाले डिपोर्ट गरेका ९ नेपालीलाई विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्युरोले आफ्नो कार्यालयमा लगेर सोधपुछ गरेको थियो। तर, उनीहरुले आफूलाई अमेरिका पठाउने व्यक्तिबारे जानकारी दिन अस्वीकार गरेका कारण सो घटना बारे प्रहरी सुष्म अनुसन्धान गर्न पाईरहेको छैन ।
अमेरिकामा दोस्रो कार्यकाल पनि डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकामा बसोबास गर्ने आप्रवासीहरु विरुद्ध कठोर कदम चालेको छ । यो अवधिमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १७७ पुगेको छ।








प्रतिक्रिया दिनुहोस