आज:  | Mon, 09, Jun, 2025

राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारीलाई कामबाट हटायो

२७ जेष्ठ २०८२, सोमबार १६:३९ मा प्रकाशित ( ७ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


चितवन २६ जेठ ।

राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ। त्यसमा चारजना चिकित्सक, एक इन्जिनियरलगायत पनि परेका छन् ।

नगरपालिका मेयर शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्स लगायत चालकसमेत हटाईएका कर्मचारी मध्यका रहेका छन्। आज नगरपालिकाले एक सूचना जारी गर्दै यही आजदेखि लागू हुनेगरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको छ।

नगरपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीद्वारा जारी सूचनामा आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएकाले बाध्य भएर कर्मचारी हटाउनु परेको उल्लेख गरिएको छ।

ज्यालादारी कर्मचारी हटाउने निर्णय नगरपालिकाको १४औँ नगरसभाबाट गठित सहजीकरण समितिले गरेको थियो। जेठ १९ गते समितिको बैठकले निर्णय गर्दै उनीहरुलाई तलब भत्ता खुवाउने कुनै पनि आधार नभएपछी नियम बमोजिम प्रक्रिया अघि बढाएको हो।

प्रमुख लामाले ज्यालादारी कर्मचारीलाई करारमा लैजान कार्यपालिकाबाट ‘ओएनएम’ गरेको भए पनि परिषद् हुन नसक्दा निर्णय गर्न नसकिएको बताए।

उनीहरुको चैतसम्म म्याद रहेकामा थप निर्णय गर्न नसक्दा समस्या परेका पालिकाको भनाई छ। नगरपालिकाको सो निर्णयसँगै नगरका स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालय र कृषि तथा पशु सेवा केन्द्रको सेवा प्रभावित हुने भएको छ।

नगरपालिकाले दैनिक मिर्गौला, मुटु र क्यान्सरका बिरामीलाई अस्पताल लैजाने गरेकामा सो कार्यसमेत प्रभावित भएको पालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस