आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

युके पठाइदिने भन्दै ११ करोडभन्दा बढी ठगी गर्ने दुईजना पक्राउ

२०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित ( १ साल अघि) ९०५३ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२७ जेठ ।

वैदेशिक रोजगारमा युके पठाइदिने भन्दै ११ करोड ६ लाखभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस प्रकरणमा पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका(१० घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली, रहेका छन् ।

सोही प्रकरणमा सबेला नपा(१२, धनुषा घर भई हाल काठमाडौँ महानगरपालिका–३२, नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्। उनीहरुलाई पिडितका जाहेरीका आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलिले पक्राउ गरेको हो ।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको लागि सोमबार वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनु भयो।

अनुसन्धानका क्रममा उनीहरूले ३८ जना पीडितलाई “युकेमा रोजगारीमा पठाइदिन्छौं” भन्दै आकर्षक तलबको प्रलोभनमा पारी ११ करोड ६ लाख ९७ हजार ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑