आज:  | Wed, 11, Jun, 2025

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार श्रेष्ठको हृदयघातबाट निधन

२८ जेष्ठ २०८२, मंगलवार ०६:३६ मा प्रकाशित ( १ दिन अघि) २१०९ पटक पढिएको
नारी बाटिका


भक्तपुर -२७ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको हृदयाघातबाट निधन भएको छ।

नेपाल कम्युनिष्ट अन्दोलनका अग्रज श्रेष्ठको ७३ वर्षको उमेरमा शोमबार आफ्नै निवास मध्यपुरथिमि नगरपालिका–४ तछुतोस्थित निवासमा हृदयाघातबाट निधन भएको हो।

नेता श्रेष्ठको पार्थिव शरीरमा हिजै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए।

यसैगरी श्रेष्ठको अन्तिम श्रदान्जलीका लागी, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू शशी श्रेष्ठ, लिलामणि पोखरेल, केन्द्रीय नेताहरू दिलीपकुमार श्रेष्ठ, प्रतिमा श्रेष्ठ, डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा (दीपशिखा)लगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए।

श्रेष्ठको निधनले भक्तपुरमा माओवादी आन्दोलनको एक युगको समाप्त भएको प्रतिक्रिया दिँदै उनको योगदानलाई पार्टीले कहिल्यै बिर्सन नहुने बताएका छन्।उनको शोमबार नै दक्षिणबाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस