आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

अत्यधिक गर्मीले पर्सा र बाराका विद्यालय तीन दिन बन्द

२०८२ जेष्ठ २८, बुधबार मा प्रकाशित ( ७ महिना अघि) ९०२२ पटक पढिएको
नारी बाटिका


वीरगञ्ज -२८जेठ ।

अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछी पर्सा र बारा, लगायतका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्।

केही दिनदेखी बड्दै गएको अत्यधिक गर्मीका कारणले जेठ २८ देखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो।

उक्त पालिकाद्वारा सुचना जारी गर्दै भनिएकोछ “अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मद्देनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौँ”‚ उल्लेख गरिएको छ, “असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ।”

नगरपालिकाले बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ। त्यस्तै पर्सासँगै जोडिएको छिमेकी कलैया उपमहानगरले पनि अत्यधिक गर्मीको कारणले तीन दिनको लागी बिदा दिने निर्णय गरेको छ ।

कलैया उपमहानगरका नगर शिक्षा शाखा प्रमुख राजीवकुमार यादवले अत्यधिक गर्मीको कारणले महानगरअन्तर्गतका केही विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन थालेकाले जेठ २८ देखि ३० गतेसम्म तीन दिनको लागी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस