आज:  | Thu, 12, Jun, 2025

देशका अधिकांश भु भागमा अत्याधिक गर्मी बढ्दै, कहिले पर्ला पानी ?

२९ जेष्ठ २०८२, बुधबार ०६:५३ मा प्रकाशित ( १ दिन अघि) १८३० पटक पढिएको
नारी बाटिका


काठमाडौं -२८जेठ ।

केही दिनदेखी राजधानी लगायत देशैभरी नै अत्याधिक गर्मी बढ्दै छ । पछिल्लो समयमा काठमाडौंको तापक्रम ३१ डिग्री सम्म मापन भएको थियो । यसपटकको मनसुन छिटो सुरु हुने अनुमान गरिएतापनि पूर्वी नेपालमा प्रवेश गरेको मनसुन फैलिन नसक्दा गर्मी बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार कोशीसम्म मनसुन भित्रिइसकेको थियो तर, पश्चिमी वायु बलियो भएको कारणले मनसुन अन्य भागमा सर्न नसकेको बताइन् ।

त्यस्तै कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ मनसुन फर्किएको विभागले जनाएको छ । सरदर मिति भन्दा नेपालमा १५ दिन नै अघि जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो। तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया तर्फ फर्किएको छ। पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् ले बताएका छन्।

‘वर्षमा ४ महिना मात्रै नेपालमा पूर्वबाट पश्चिममा हावा बहन्छ, बाँकी ८ महिना पश्चिमी वायु नै बलियो हुन्छ’, उनले भनिन्, ‘मनसुन आउन पश्चिमी वायु अलिकति माथि सर्नुपर्छ, त्यो भनेको तिब्बतको लेबलतिर जानुपर्छ, बंगालको खाडीबाट आएको हावा कोशी हुँदै पश्चिमतर्फ लाग्नु पर्छ

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाका अनुसार पश्चिमी वायु बलियो भएको अवस्थामा मनसुनी वायु पश्चिमतर्फ सर्न समय लाग्ने गरेको छ । मंगलबार पनि बादल थपिँदै गरेको २। ३ दिनमा काठमाडौंसम्म मनसुन आइपुग्न सक्ने को भनाइ छ । साथै, असारको पहिलो हप्तामा देशैभरी मनसुन फैलने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धर भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस