
नारी बाटिका
काठमाडौँ २९ जेठ ।
जिल्लास्थित विभिन्न उद्योग व्यवशाय तथा विकास निर्माणको नियमित अनुगमनका क्रममा मंगलबार धादिङको धुनीबेशी नगरपालिका अन्तर्गत धार्के बजारमा अनुगमन गरिएको छ ।

उपभोक्तााहरुको हितका लागी उक्त क्षेत्रमा रहेका विभिन्न १४ वटा फर्म, होटल,तथा संस्थाहरूको अनुगमन भएको हो । अनुगमन भएका १४ वटा व्यवशायमध्ये होटल तथा खाजा घर, खाद्यान तथा किराना पसल र अन्य रहेका छन्।

अनुगमनका क्रममा व्यवसाय दर्ता र नविकरण गरे,नगरेको, भ्याट तथा प्यानमा आवद्ध रहे,नरहेको, सरसफाइ र तोकिएका मापदण्ड लगायतका क्षेत्रको अनुगमन गरी व्यवसाय संचालन सम्बन्धी कानूनी विषयमा सहजीकरण गरिएको थियो ।

यसै क्रममा नियम विपरित संन्चालन भएका तथा केही म्याद गुज्रेका सामानहरू नष्ट गरिएको थियो भने ५ वटा होटललाई रू। १ लाख ६० हजार जरिवाना गरिएको छ ।

साथै उक्त अनुगमन गर्ने कार्यमा जिल्ला स्थित सम्वद्व विभित्र सरकारी कार्यालयका प्रमुख,प्रतिनिधिहरु,उपभोक्ता मञ्चका प्रतिनिधि र सञ्चारकर्मी समेतको सामुहिक उपस्थितिमा अनुगमन भएको हो।।







प्रतिक्रिया दिनुहोस