आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

मासु खाने क्रममा घाँटीमा मासु हड्डी अड्किएर एक जनाको मृत्यु

२०८२ जेष्ठ ३१, शनिबार मा प्रकाशित ( ७ महिना अघि) ७९९९ पटक पढिएको
नारी बाटिका


धनकुटा ३१ जेठ ।

मासु खाने क्रममा घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटाको महालक्ष्मी नगरपालिका-९,मूर्तिढुङ्गा बस्ने एक वृद्धको मृत्यु भएको हो। गएराति मासु खाने क्रममा ७८ वर्षीय प्रेम बहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुका खानासँग सुँगुरको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर गम्भीर बिरामी भएपछी उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पतालमा लगिएको थियो । उपचारको क्रममा गएराति साढे १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस