आज:  | Sun, 15, Jun, 2025

थाक्रेस्थित सोप्याङखोलामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

३२ जेष्ठ २०८२, शनिबार १९:५८ मा प्रकाशित ( २१ घण्टा अघि) १७३७ पटक पढिएको
नारी बाटिका


धादिङ ३१ जेठ ।

धादिङको थाक्रे गाउँपालिका ८ सोप्याङखोलामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ

आजअं.६ः३० बजेको समयमा आज सोप्याङखोला स्थित त्रिभुवन राजपथमा हाप्सेचौरबाट फोकटपुर तर्फ आउदै गरेको बा.प्र.०२(०५० प।९६२० नं.को मोटरसाइकल आफै अनियन्त्रीत भई सडकबाट अं.१५ किेमि.तल खस्न गई सवारी दुर्घटना हुदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङ थाक्रे गाउँपालिका ८ फोकटपुर बस्ने रामेश्वर थापाको छोरा बर्ष २२ को सुमन थापा रहेका छन् । घाईते सुमनलाई उपचारको लागी धुनिवेशी नगरपालिका ६ धार्के स्थितमा रहेको साईबाबा सामुदायिक अस्पतालमा पठाईएको थियो ।

गम्भीर घाईते थापाको थप उपचारको लागि प्राथमिक स्वस्थ्य ।केन्द्र गजुरी धादिङ पठाईएकोमा उनको उपचारको क्रममा डक्टरले मृत घोषणा गरेका हुन् ॥

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस