आज:  | Sun, 15, Jun, 2025

निर्माणाधीन बेलिब्रिज भाचिएपछी ६ जना घाइते

१ असार २०८२, आईतवार ०६:४७ मा प्रकाशित ( १२ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


पाँचथर- १ असार ।

मेची राजमार्गमा पर्ने पाँचथर जिल्लाको फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधीन मोडुलर बेलिब्रिज बारीपारी जोडिने क्रममा भाँचिएर ६ जना मजदुरहरु घाइते भएका छन् ।

घाइते हुनेमा बेलिब्रिज जडानमा खटिएका बाराको सिमरा नगरपालिका १२ का २२ वर्षीय रुपलाल चौधरी, सोही स्थानका २७ वर्षीय राजन चौधरी,२२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइतेमध्य गम्भिर अवस्थाका राकेश चौधरीको थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले छ । अन्यलाई पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेका छ ।

७० मीटर सिङ्गल स्पानको मोडुल बेलिब्रिज जडान गरी वारपार गर्ने क्रममा शनिवार साँझ भाँचिएको थियोे । ७० मिटर लामो पुललाई बीचमा कुनै सपोर्ट गर्न पिलरबिना निर्माण भइरहेको थियो । पुल भाँचिदा कामदारहरू घाइते भएका हुन् ।

उक्त स्थानमा २०८० सालको वर्षाले पुल बगाएको थियो । त्यसपछी पनि निर्माण गरिएको बेलिब्रिज २०८१ असोजको बाढीले बगाएको थियो । पक्की पुल बगाएपछि उक्त स्थानमा बेलिब्रिज बनाइएको थियो । सोही पुल पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’निर्माण भइरहेको भाँचिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस