आज:  | Mon, 16, Jun, 2025

गजुरीस्थित पृथ्वी राजमार्गको सवारी दुर्घटनामा परी ३ जना घाईते

१ असार २०८२, आईतवार १७:५२ मा प्रकाशित ( १२ घण्टा अघि) १९८५ पटक पढिएको
नारी बाटिका



नारी वाटिका संवाददाता

धादिङ १ असार ।

धादिङको गजुरी गाउँपालिका ६ जहरेखेतस्थित पृथ्वी राजमार्गमा आईतबार भएको दुर्घटनामा परी ३ जना घाईते भएका छन् ।

आज दिउँसो काठमाण्डौं बाट गजुरी तर्फ आउदे गरेको ग १ क ६१६१ नं.को आइचरले बिपरित दिशातर्फबाट जादै गरेको ब.।प्र.०२(०४१ प ५१३२ नं.को स्कुटर, बा ७२ प ८१६१ नं.को मोटरसाइकल र ऐ.पार्किङ गरिराखेको ना ६ ख ६००१ न.को ट्रक समेतलाई ठक्कर दिँदा ३ जना घार्यते भएका हुन् ।

दुर्घटनामा परी घाईते हुनेमा स्कुटी चालक जिल्ला काठमाण्डौं दक्षिणकाली नगरपालिका २० बस्ने बर्ष ४० को विकाश के.सि अनुहार र शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम, रहेको अस्थाई प्रहरी पोष्ट आदमघाटले जनाएको छ ।

यसैगरी घाईते आइचर चालक गोरखा जिल्ला गोरखा नगरपालिका ९ बस्ने बर्ष ३३ को कुमार नेपाली दाँया घुडामा चोट अबस्था मध्यम रहेको छ भने मोटरसाइकल चालक घादिङको रुबिभ्याली गाउँपालिका ४ बस्ने बर्ष ४२ को गोपाल तामाङ रहेका छन् । तामाङको दाँया घुडामा चोट अबस्था मध्यम रहेको छ ।

घाईते तिनै जनाको उपचारको लागि आदमघाट अस्पताल प्रा.लि.मा पठाईएको छ । घटना स्थानमा अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्र.स.नि शिव प्रसाद रेग्मीको कमाण्डमा र इ.प्र.का. गजुरी बाट प्र.ना.उ. विकाश थापाको कमाण्डमा ७ जनाको टोली खटिई गई उद्धार गरिएको हो ।

साथै दुर्घटना भएको तिन वटै सवारी साधन अस्थाई प्रहरी पोष्ट आदमघआटको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवत्ता एवं् सुचना अधिकारी सुवास हमालले नारी वाटिकालाई जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस