आज:  | Mon, 16, Jun, 2025

निलकण्ठ नगरपालिकाको आवाधिक योजना भिजन निर्माण कार्यशाला

२ असार २०८२, सोमबार २०:१६ मा प्रकाशित ( ६ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका



बिबियु-

नारी वाटिका संवाददाता

धादिङ २ असार ।
धादिङ जिल्लास्थित निलकण्ठ नगरपालिकाको आवाधिक योजना २०८२।२०८३,२०८६।०८७ का लागी भिजन निर्माण कार्यशाला सम्पन्न भएको छ । शोमबार नीलकण्ठ नगरपालिकाको आयोजनामा सञ्चालन भएको ‘ आवाधिक योजना भिजन निर्माण कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

आज सञ्चालन भएको उक्त कार्यक्रम नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्र.ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हो । नगरपालिकाका नागरिकका हितका निमित्त दिगो विकासको लक्ष तथा वेरोजगारी उन्मूलनमा सहयोग गर्ने लगायतका विभिन्न उद्देश्यहरू रहेका छन्।

यसैगरी नगपालिकाबाट संन्चालन हुने योजनाको माध्यमबाट गुणस्तरीय र भरपर्दो नागरिक सेवा प्रदान गर्ने रहेको छ । यसका साथै व्यवसायिक दृष्टिकोणले सम्भावित उत्पादनशील क्षेत्रको स्थापना, सञ्चालन, विकास, विस्तार तथा क्षमता अभिवृद्धि गर्न मेयर उद्यमशिल कर्जाको रूपमा महिलालाई ६ प्रतिशत व्याज २ वर्ष मिनाहा गर्ने, स्वदेशमै रोजगारी गरिखान्छु भन्नेहरुका लागी वित्तीय साधन र स्रोत उपलब्ध गराउने आदी रहेको छ ।

मेयर ढंगानाले कार्यक्रममा यस आवधिक योजना कार्यशालाको मुख्य उदेस्यमाथी प्रकाश पार्दै नगपालिकाभित्रका मध्यपनि ग्रामीण क्षेत्रका नागरिकलाई उपलब्ध दक्षता, श्रम र पुँजीलाई प्रभावकारी रूपमा नियमन गरी उत्पादनशील र रोजगारी सिर्जना गर्ने व्यवसायको स्थापना,सञ्चालन, विकास, विस्तार र प्रवर्द्धन गरी गरिबी निवारणमा सक्रिय सहभागिता र सहयोग गर्ने नगरपालिकाको उदेस्य रहेको जानकारी दिनु भयो।

साथै विभिन्न तालिम र जनचेतनाको माध्यमबाट ग्रामीण क्षेत्रका महिला र बेरोजगार युवाहरूलाई आर्थिक र सामाजिक स्थिति सुधार गर्न मद्दत गर्न ध्यान केन्द्रित गर्ने, तिर्खामुक्त नगर बनाउने,नगरपालिकाभित्रका १४ वटै वडामा सडक,विजुली,खानेपानी लगायत सवै विकासका पुर्वाधार तयार गरी नागरिकको पहुँच पुर्याउने निलकण्ठ नगरपालिकाको लक्ष रहेको मेयर ढुंगानाले स्पष्ट पार्नु भएको छ ।

कार्यक्रममा सवै वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरु,नगरपालिकाका विषयगत शाखाका कर्मचारीहरु,उप प्रमुख दिपक विश्वकर्मा,पत्रकारहरु,नागरिक संघसंस्थाका प्रमुख एवं् प्रतिनिधिहरु,नगर कार्यपालिकाका सदस्यहरु आर्थिक तथा योजना निर्माण क्षेत्रका विषय विज्ञहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस