
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -३ असार ।
आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू तथा बाँकी उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी देख धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू तथा बाँकी उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस