आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

वर्षाले पहिरो खसेपछी नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध

२०८२ अषाढ ३, मंगलबार मा प्रकाशित ( १ साल अघि) १०९१३ पटक पढिएको
नारी बाटिका


धादिङ – ३ असार ।

वर्षाको कारण पहिरो खसेपछी नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ।

आज मध्यान्न १२ बजेतिर इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिएका हुन्।

सडकमा पहिरोको अवरोध हटाउनका लागी अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो हटाउन अझै १ घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस