
नारी बाटिका
नारी वाटिका संवाददाता
धनुषा-४ असार ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिनु भएको छ। नेपाल राष्ट्र बैङ्क जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा यास्तो बताउनु भएको हो ।
उहाँले भन्नु भयो सर्वसाधारणको सम्पत्ति जोगाउने र बैङ्कको पैसा धेरै मानिससम्म पुर्याउने लक्षमा आफु रहेको धारणा व्यक्त गर्नु भयो। यस्तै ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइएमा त्यस बैङ्कलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने उहाँको भनाइ थियो।
धनुषाका व्यापारीहरूले विगतमा बैङ्कहरूले धितो राखी ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिनु भएको हो।
त्यस्तै छलफलका क्रममा व्यवसायीहरुले ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैङ्कले वास्ता नगर्ने गरेको गुनासो गरेका छन्। तेसो त बैङ्कका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिएर नतिर्ने र भाका नाघिसक्दा पनि ऋण तिर्न आलाटाल गर्नेहरुको संख्या पनि धेरै भएको जानकारी दिएका थिए।
धनी र गरिब बीचको आर्थिक खाडल कम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ।“मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ । सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ, ।“त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ।”
बैङ्कको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रित नभई साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने गभर्नर पौडेलको भनाई छ ।







प्रतिक्रिया दिनुहोस