
उदयपुर -४ असार ।
उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक बालिकासहित रहस्यमय रुपमा दुईजनाको शव भेटिएको छ । उक्त शव एक युवक र एक बालिका रहेको प्रहरीले जनाएको छ ।
मृतक युवक अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिनु भयो ।
प्रहरकिा अनुसार उनीहरुका मृत्युको कारण खुलिसकेको छैन । ‘शव पोष्टमार्टमका लागि स्वास्थ्य संस्थामा पठाइसकिएको छ । साथै घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ












प्रतिक्रिया दिनुहोस