आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

राजदूतावासले ईजरायलमा रहेका नेपालीको डाटा संकलन गर्दै

२०८२ अषाढ ४, बुधबार मा प्रकाशित ( १ साल अघि) १०९७५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ असार ।

नेपाली राजदूतावासले हाल ईजरायलमा रहेका नेपालीहरुको उद्धारका लागी यकिन डाटा तयार गर्न लागेको छ ।

पछिल्लो समयमा ईजरायलमा भइरहेको द्धन्द्धका कारण त्यहाँ रहेका नेपालीहरुमाथी जोखिम बढ्दै गएकाले नेपाली राजदूतावादवारा नेपालीको उद्धारका लागी चासो बढाएको हो । राजदूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि एक सुचना जारी गर्दै अनलाइन रजिष्ट्रेशन गर्नं आह्रान गरेको हो ।

हालै ईजरायलमा उत्पन्न परिस्थितिका बीच समस्यामा र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकता अनुसार उद्धार,गरी स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरु गरेको छ।

यस प्रक्रियामा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरुले तलको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्नु हुन अनुरोध ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस