आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश

२०८२ अषाढ ५, बिहिबार मा प्रकाशित ( १ साल अघि) १२५५६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं ४ असार ।

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइपछि उक्त आदेशलाई निरन्तरता दिएको हो।

उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्य रहनु भएको संयुक्त इजलासले बिहिबार उक्त आदेशलाई निरन्तरता दिएको उच्च अदालत प्रशासनले जनाएको छ।

पाठकले आफुमाथी अन्याय भएको भन्दै दायर गरेको मुद्दा नटुङ्गिँदा सम्म उनलाई प्रहरीले पक्राउ गर्न पाउने पाउने छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑