आज:  | Fri, 20, Jun, 2025

कैलालीमा १६ दिनकी सुत्केरी आमा मृत फेला,नवजात शिशु भने जिवितै

६ असार २०८२, शुक्रबार १२:१० मा प्रकाशित ( ४ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


कैलाली ५ असार ।

कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुर गाउँमा एक सुत्केरी आमा मृत अवस्थामा फेला परेकी छिन्। १९ वर्षीया तुलसी नाथ घर नजिकै सक्रबार मृत फेला परेकी हुन्।

उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनु भयो ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुुलेको छ।

उनी घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन्। उनको १६ दिनको नवजात शिशु छोरा भने जिवितै भेटिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस